समाचार

इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी

इलिप्सको होस्टेलमा मृत भेटिए विद्यार्थी

काठमाडौँ- काठमाडौँ नयाँबजारस्थित एक विद्यालयको होस्टेलमा विद्यार्थी मृत फेला परेका छन्। इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा कक्षा ५ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी आफू बस्ने कोठाभित्रै मृत फेला परेका हुन्। काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार झुण्डिएको अवस्थामा विद्यार्थीको शव फेला परेको हो। थप अनुसन्धान जारी रहेको उनले बताए।
Read More
सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

सिन्धुलीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका-१, अमलेमा आज (बुधबार) ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्रयाक्टरका सहचालक थिए। मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ।
Read More
धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, शनिबारदेखि बेपत्ता युवकको शव त्रिशूलीमा भेटियो

१६ जेठ, धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । अप्सरा ८ महिने गर्भवती थिइन् । यसैबीच गत शनिबार त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भक्तपुरका २४ वर्षीय रोमी शाह ठकुरीको शव पनि आज गजुरी गाउँपालिकास्थित चालिसे नजिकै फेला परेको छ ।
Read More
अत्यावश्यक ठाउँमा पुल नबन्दा बर्खामा सास्ती खेप्दैछन् बागलुङबासी

अत्यावश्यक ठाउँमा पुल नबन्दा बर्खामा सास्ती खेप्दैछन् बागलुङबासी

बागलुङ- बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन्। हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन्। खोलानालाले घेरिएका गाउँमा सडक पुगेपछि स्थानीयको जनजीवनमा परिवर्तन आए पनि नदीमा पुल नबन्दा बर्खाको करिब ४ महिना सास्ती हुने गरेको छ । बर्खामा सडक अवरुद्ध हुने हुँदा यात्रा कष्टकर हुने गरेको जनगुनासो छ। जिल्लाका मुख्य व्यापारिक केन्द्रदेखि गाउँ पुग्न दर्जन बढी खोला पार गर्नुपर्ने हुन्छ। केही ठाउँमा पुल बने पनि अझै धेरै खोलामा निर्माण गर्न बाँकी छ। बागलुङको ढोरपाटन नगरपालिका-६ का अधिकांश गाउँबाट बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । सिधा यातायात नहुँदा यस ठाउँका नागरिकले गाडी परिवर्तन गरी गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ।…
Read More
पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

पेस्तोल देखाएर महोत्तरीको एनएमबी बैंकको शाखामा दिनदहाडै ३५ लाख लुटपाट

काठमाडौं । महोत्तरीको बजारस्थित एनएमबी बैंकको शाखामा दिनदहाडै लुटपाट गरिएको छ। मंगलबार मध्यान्ह साढे १२ बजे चार जना अज्ञात व्यक्तिहरू आइ हातमा बोकेको पेस्तोल देखाएर लुटपाट गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ३५ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराहरु मास्क लगाएर बैंकमा प्रवेश गरेका थिए । लुटेराहरु बैंक लुटेपछि मोटरसाइकल चढेर भागेका थिए । अहिले प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।
Read More
विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

काठमाडौँ- सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताए । प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उनले बताए । बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।
Read More
सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

सोक्ला भ्यालीमा रक क्लाइम्विङको तयारी

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ सोक्ला भ्यालीमा रक क्लाइम्विङ महोत्सवको तयारी गरिएको छ । आगामी जेठ १८ र १९ गते सञ्चालन हुने सोक्ला रक क्लाइविङ महोत्सवमा झण्डै तीन सयको सहभागिता रहने अपेक्षा गरिएको आयोजक सोक्लाश्वरी पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताए । चार सय मिटरको उँचाइमा रहेको सोक्लाको भीरमा आयोजना गरिने रक क्लाइम्विङको लागि २५/२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको पाख्रिनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुन लागेको सोक्ला रक क्लाइम्विङ महोत्सवको लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङ, उपाध्यक्ष तथा ८ औँ पटक सगरमाथा आरोही पासाङ भोटे…
Read More
सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सुतेकै ठाउँमा सर्पले डसेर दाजुभाइको मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका- १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो । ओछ्यानमा सुतिरहेका उनीहरुलाई आज विहान ३ बजे सर्पले डसेको थियो । उनीहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो ।
Read More
पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

पोखराको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला

कास्की- पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गरेका हुन् । रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य देखिने यो ठाउँलाई पोखराको प्रमुख पर्यटकीय गन्तबयको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । पोखरा ८ लेकसाईडस्थित १ सय ४ रोपनी क्षेत्रफलमा फैलिएको पार्कसहितको रत्न मन्दिर २०१५ सालमा राजा महेन्द्रले आफ्नी श्रीमति रत्नको नाममा बनाउन लगाएका र राजपरिवारका सदस्यहरु पोखरा आउँदा बस्नेगरेका थिए । लामो समय राज दरवारको…
Read More
सेतीकालीको प्रथम मुखपत्र विमोचन

सेतीकालीको प्रथम मुखपत्र विमोचन

भिमाद । सेतीकाली साहित्य सङ्गम भिमादले नव वर्षको अवसरमा सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्र विमोचन गरेको छ । सेतीकाली साहित्य सङ्गमका संस्थापक अध्यक्ष एवम् लेखक नारायणकैलाश सिग्देलको अध्यक्षता, गीतल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँका संस्थापक अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा अधिकारीले सेतीकाली साहित्य सङ्मले भिमाद र यसका आसपासका क्षेत्रहरूको केन्द्रबिन्दुबाट प्रकाशित भएको सेतीकाली साहित्य यात्रा प्रथम मुखपत्रले साहित्यको क्षेत्रमा अर्काे एउटा ऐतिहासिक फड्को मारेको बताए । त्रिभूवन विश्वविद्यालय मानवशास्त्रका पूर्व प्रध्यापक सुर्यभक्त सिग्देलले मोफसलमा रहेर नियमित रुपमा पत्रपत्रिका प्रकाशित गर्नु एउटा चुनौतिपूर्ण कार्य भएता पनि यो संस्थाले सम्पन्न गरेर देखाएकोमा धन्यवाद व्यक्त…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.